बस नदीमा खस्दा ६ जनाको मृत्यु
काठमाडौ, ४ मंसिर । मध्यपश्चिम यातायात व्यवसायीद्धारा सञ्चालित बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। सुर्खेतको राकामतर्फ जाँदै गरेको ना३ख १४०८ नम्बरको बस जारजरकोटको भुर गाविसको भूतचौरमा दुर्घटना भएको हो। बस भेरी नदीमा खसेको छ। बस जाजरकोट सदरमुकाम खलंगाबाट विहानै हिडेको थियो। बस दुर्घटनाको थप विवरण आउन बाकि छ ।