कपिलवस्तुमा यातायात सिन्डिकेट हटने
काठमाडौं । सर्वसुलभ रुपमा यातायातलाई प्रभावकारी रुपमा संचालन गर्न कपिलवस्तुमा सिन्डिकेट प्रथा (आलोपाले) हटाउने निर्णय गरिएको छ ।
जिल्ला यातायात ब्यवस्थापन समितिले सार्बजनिक यातायात निर्बाधरुपले संचालन गर्नका लागि सिन्डिकेट प्रणाली अन्त्य गर्ने निर्णय गरेको हो । तौलिहवा स्थित प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहको अध्यक्षतामा भएको समितिले निर्णय गर्दै जिल्ला भित्रका सडकहरुमा नियमानुसार प्रतिस्पर्धाका आधारमा निर्विवारुपमा यातायात संचालन गर्ने जनाएको छ ।
जिल्लामा रहेका यातायात ब्यवसायी समितिले एकाधिकार कायम गर्दै आलोपालो प्रणालीमा गाडी संचालन गर्दै आएका छन् । जिल्लामा कपिलवस्तु, कृष्णनगर, बुटवल, पश्चिमाञ्चल, सिद्धार्थ यातायात ब्यवसायीका मिनी, माईक्रो बस, जीप चलाउदै आएका छन् । समितिले कायम गरेको नया दर अनुसार प्रत्येक रुटमा ५ देखि १० रुपैया घटेको छ । बस र जीपको छत ( हुड ) तथा जीपको पछि उभिने भाग हटाउन समेत समितिले निर्देशन दिएको छ ।