सुर्खेत बस दुर्घटनामा १७ जनाको मृत्यु
काठमाडौँ । सुर्खेतको पोखरीका“डा गाविसमा भएको बस दुर्घटनामा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
कालिकोटको जितेगाडाबाट कैलालीको टीकापुरका लागि हि“डेको ना ४ ख ६८५५ नम्बरको मध्यपश्चिम यातायात समितिको बस पोखरीका“डामा भिरबाट कम्तिमा ५ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सा“झ ७ बजेतिर बस खसेको सुर्खेतका ट्राफिक प्रहरी प्रमुख कवि सेन्चुरीले बताए । उनका अनुसार मृत्यु हुनेहरु मध्ये ३ जनाको मात्रै सनाखत भएका छ ।
मृत्यु हुनेमा छिन्चु ७ का बस चालक वर्ष २४ का मिनबहादुर बुढा, बाजुरा गोत्री– १ का ४५ वर्षीय पंखे सार्की र सोही स्थानका मनराज विष्ट रहेका छन । घाइते हुनेहरुमा बाजुरा र कालीकोटका धेरै छन । उनीहरुको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको छ ।
बसमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण्ँ दुर्घटना भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रारम्भिक अनुसन्धानमा साँघुरो मोड लोड धेरै र तिब्र गतिका कारण बस दुर्घटना भएको हो । प्रहरीको अनुसार बसको क्षमता ३४ जना भएप नि सवार यात्रु भने ६४ जना थिए । प्रहरीले रातभरमा उद्धार गरेको थियो ।