कास्कीमा वैद्य माओवादीको पत्ता साफ

२०७१ मंसिर २२ गते, सोमबार

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा – माओवादी कास्कीको प्राय सम्पूर्ण जिल्लास्तरीय नेता नेत्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीमा प्रवेश गरेका छन् ।आइतबार विज्ञप्ति जारी गरी उनीहरुले आफूहरु नवगठित पार्टीमा प्रवेश गरेको जनाएका हुन् ।विज्ञप्तिमा ३२ सदस्यीय जिल्ला कमिटीका २५ जनाले आफूहरु चन्द नेतृत्वको माओवादीमा रहेको उल्लेख गरेका छन् ।
नवगठित माओवादीकी सचिव साबित्रा दुराद्वारा जारी विज्ञप्तिमा अधिकांश जिल्ला सदस्यहरुले विप्लवको एकीकृत क्रान्तिको कार्यदिशालाई समर्थन गरेको बताएकी छन् ।बाँकी नेता कार्यकर्तासँग पनि छलफल जारी रहेको र उनीहरु पनि छिट्टै आफ्नो पार्टीमा समाहित हुने दुराले बताइन् ।

प्रतिक्रियाहरु

[anycomment]