पर्वतमा बैद्य माओबादी रित्तै
काठमाडौं । नेकपा-माओबादी बिभाजित बनेपछि पर्वत जिल्ला कमिटीका सबैजसो नेताहरु नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादी मा लागेका छन । मोहन बैद्य नेतृत्वको नेकपा-माओबादी पर्वतको २९ सदस्यीय जिल्ला कमिटीका २१ जना जिल्लाका नेताहरु नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादी मा लागेका हुन । बैद्य नेतृत्वको नेकपा-माओबादीमा जम्मा २ जना मात्रै रहेका छन भने ६ जना नेता पनि बिप्लबको पक्षमा भएपनि पर्ुण्ा रुपमा खुलिसकेका छैनन ।
नेकपा-माओबादी पर्वतका संयोजक गगनबहादुर थापा-प्रदिप)को नेतृत्वमा अधिकाँश जिल्ला कमिटी र जनसंगठनका प्रमुखहरु नेत्रबिक्रम चन्दको नेतृत्वमा गएका छन । नेकपा माओबादी का एक जिल्ला नेताका अनुसार अहिले सम्म जिल्ला संयोजक थापा, जिल्ला कार्यालय सदस्य बैगुण्ठ गिरी, जिल्ला सदस्यहरु ओमबहादुर पुन, नारायण जिसी, यज्ञ थापा, प्रकाश लामिछाने, धर्म पौडेल, तारा नेपाली, राम अधिकारी, धर्म सुबेदी, बिष्णु भुसाल, प्रदिप थापा, ढकबहादुर क्षेत्री, बलबहादुर क्षेत्री, छलिमाया अधिकारी, टेकबहादुर क्षेत्री, र्सर्ुय थापा, तिलक अधिकारी, हरि पौडेल, अनिल मास्के र राजेन्द्र तिवारी बिप्लबको पक्षमा खुली सकेका छन ।
अहिले सम्म मोहन बैद्य नेतृत्वको नेकपा-माओबादीमा भने दर्ुगा गुरुङ्ग र मिनराज केसी मात्रै देखिएका छन । जिल्ला पर्ुव सेक्रेटरी जयनारायण तिवारी, सदस्यहरु रेशमलाल सापकोटा, लोकराज कुवँर, रिखीराम भुसाल, भूमिराज शर्मा र पारिस्वर भुसाल अहिले सम्म खुलेका छैनन । उनीहरु बिप्लबको पक्षमा नै देखिएका छन तर खुलेर र्समर्थन नगरी सकेको नेकपा माओबादी स्रोतले जानकारी दिएको छ । तर उनीहरु पनि बिप्लबको पक्षमा लागि सकेको जिल्ला संयोजक गगनबहादुर थापाले दाबी गरे । ‘जिल्ला कमिटीक २ सदस्य बाहेक सबै हाम्रो र्समर्थनमा हुनुहुन्छ’ थापाले भने ‘क्रान्ति सम्पन्न गर्ने अभियानमा अन्य सबै साथीहरु सामेल हुनुहुनेछ’
मोहन बैद्य नेतृत्वकै नेकपा-माओबादीमा बसेका जिल्ला सदस्य मिनराज केसी भने बैद्य माओबादी र बिप्लब तर्फलाग्नेको संख्या जिल्ला कमिटीमा बराबरी भएको दाबी गर्छन । उनका अनुसार जिल्ला सदस्यहरु प्रकाश लामिछाने, लोकबहादुर राना, तिलक अधिकारी, लोक कुवँर बैद्य माओबादीमै बसेका छन । उनले आफ्नो पक्षमा भएपनि दक्षिणबाट कार्यक्रममा नबोलाइएको र देब गुरुङ्ग बागलुङ्गबाट र्फकदा भेटघाट मात्रै गरेकाले थोरै सदस्य उपस्थित भएको दाबी गरे । ‘धेरै साथीहरु हावाको पछि दौडिएका छन, उनीहरु फेरी र्फकन्छन’ उनले भने ‘क्रान्ति गर्ने कुरा फुटेर होइन जुटेर मात्रै संभब छ’ र बिप्लब पक्षका नेता भने केसीको कुरा मान्न तयार छैनन । केसी र गुरुङ्ग बाहेक सबै बिप्लबको कार्यक्रममा नै सहभागी भएका थिए ।
यस्तै जनसंगठन मध्ये बिद्यार्थी बाहेक सबै संगठनका प्रमुखहरुले पनि नेत्र बिक्रम चन्द बिप्लबलाई नै र्समर्थन गरेका छन । बिप्लबको पक्षमा लाग्नेमा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष बैगुष्ठ गिरी, अनेमसंघ-क्रान्तिकारी)की अध्यक्ष छलिमाया अधिकारी, जनस्वयम सेवक ब्युरोका ओमबहादुर राना, अखिल नेपाल किसान संघ-क्रान्तिकारी)का अध्यक्ष टेकबहादुर क्षेत्री, नेवा मुक्ति मोर्चाका अध्यक्ष अनिल मास्के, कुमाल मुक्ति मोर्चा, दलित मुक्ति मोर्चाका अध्यक्ष छबिलाल बिक, रहेका छन । अनेरास्वबियु-क्रान्तिकारी)का अध्यक्ष मिनराज केसी मात्रै बैद्यकै पक्षमा बसेका छन । त
जिल्ला कमिटीका अधिकाँश सदस्य नेत्रबिक्रम चन्द नेतृत्वमा लागेपछि बैद्य माओबादी भने कमिटी बिहीन जस्तै बनेको छ । मोहन बैद्य नेतृत्वको कमिटिले सोमबार केन्द्रिय सचिब देब गुरुङ्ग संग आयोजना गरेको पत्रकार सम्मेलनमा पनि गुरुङ्ग र केसी मात्रै देखिएका थिए । बैद्य माओबादी रित्तै भएको हो भन्ने पत्रकारको प्रश्नमा केन्द्रिय सचिब गुरुङ्गले हरेक ब्यक्तिले आफुँले मन लागेको पार्टर्ीीान्न पाउने अधिकार भएको बताए । उनले कोही आउने र जाने क्रम चलिरहने भन्दै भोली आफ्नो पार्टर्ीी र्फकनुको बिकल्प नभएको दाबी पनि गरेका थिए ।
तर बिप्लबको पक्षमा लागेका एक नेताका अनुसार दर्ुगा गुरुङ्ग नेकपा-माओबादी)को प्रतिनिधीत्व गर्दै जिल्ला बिकास समितिको संयन्त्र र मिनराज केसी कुस्मा नगरपालिकाको संयन्त्रमा भएकाले त्यसकै लोभमा मात्रै त्यहाँ बसेको दाबी गर्छन । ‘जिबिस र नगरपालिकाबाट फाइदा लिने उद्देश्यमा उहाँहरु-गुरुङ्ग र केसी) बैद्य माओबादीमै बस्नुभएको हो’ ती नेताले भने ‘उहाँहरु पनि बिचार र नेतृत्व बिप्लबकै ठिक छ भन्ने पक्षमा हुनुहुन्छ’