आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

२०७१ मंसिर २४ गते, बुधबार

काठमाडौं। आज डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । ६६औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि मानवअधिकारका क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।राष्ट्रिय मानवअधिकार आयोगले यस वर्ष ‘घर–घरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने सन्देशका साथ यो दिवस मनाउँदेछ । आयोगले यस अवसरमा विशेष कार्यक्रम पनि गर्दैछ ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्वले फेरि त्यस्तै त्रासदीपूर्ण युद्ध सामना गर्न नपरोस् र समाजका असन्तुष्टि र द्धन्द्धहरुलाई शान्तिपूर्ण बाटोबाटै समाधान गर्न सकियोस् भन्ने उद्देश्यका साथ सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना गरिएको थियो । उक्त संस्थाको पहलमा त्यसको तीन वर्षपछि अर्थात् सन् १९४८ डिसेम्बर १० का दिन मानवअधिकारको विश्वव्यापी घोषणा गरिएको थियो ।
विश्वभरका नागरिकको हक, अधिकारको संरक्षण र सम्वद्र्धन गर्नु यस घोषणापत्रको मुख्य उद्देश्य हो । यही मानवअधिकारको घोषणा गरिएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० अर्थात् आजैका दिन विश्वभर मानवअधिकार दिवस मनाउने थालिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु