एमाले केन्द्रीय कमिटिको बैठक जारी
काठमाडौ, २५ मंसिर। आन्तरिक विवाद मिलाउ एमाले केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ । स्थायी समिति, पोलिटब्युरोको चुनाव त्यसका लागि गर्ने सहमतिका विषयमा छलफल हुनेछ । बिहान केन्द्रीय समितिको बैठक अघि पदाधिकारी बैठक बस्नेछ ।
हिजो र अस्तिका बैठक अध्यक्ष केपी शर्मा ओलीकहो मन्तब्यमा समिति रहेकाले आज एजेण्डामा प्रवेश गर्ने नेताहरुले बताएका छन् । केन्द्रीय समितिको बैठक बस्नुअघि बिहान १० बजे पदाधिकारीहरू बैठक बस्दैछ ।
अघिल्लो बैठकमा नेता माधव नेपालले अघि सारेको सात बुँदे असहमतिलाई कसरी सम्बोधन गर्ने र स्थायी समिति, पोलिटब्युरो कुन विधिबाट चयन गर्ने भन्नेमा नेताहरूबीच विवाद छ । नेता नेपालले ओलीको कार्यशैली र निर्णयहरूमाथि प्रश्न उठाउँदै लिखित असहमति पेस गरेका गर्नुभएको थियो ।
सचिव योगेश भट्टराईले सबै विवादका विषयमा छलफल हुने र पार्टीको विवादलाई हल गर्नेगरि छलफल भइरहेको बताउनुभयो । ओलीले बैठकमा विधान पारित भइसकेकाले अब त्यसको आधारमा पोलिटब्युरो र स्थायी समितिको निर्वाचन प्रक्रिया अघि बढाउने बताउनु भएको छ । तर, विधानका विषयमा नेता माधवकुमार नेपाल पक्षको असन्तुष्टि छ ।