आज मकवानपुर बन्द

२०७१ मंसिर २९ गते, सोमबार

काठमाडौ । दश कक्षा पास भएकालाई मात्र लाईसेन्स दिने सरकारी निर्णयको विरोधमा नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ विरोध उत्रिएको छ । उसले सरकारी निर्णयको विरोधमा मकवानपुर बन्द आह्वान गरेको छ । मजदुरहरुले सोमबार बजार सबै खुल्ला रहन दिने र गाडी मात्र चल्न नदिने बताएका छन् । तर बन्दको प्रभाव भने सामान्य परेको छ ।
१० कक्षा पास गरेकाले मात्र लाईसेन्स पाउने भएपछि ५० हजार भन्दा बढी चालकहरु बेरोजगार हुने भन्दै यो नीति तत्काल खारेजीको माग गरेर बन्द आह्वान गरिएको अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ मकवानपुरका अध्यक्ष रामशरण कार्कीले बताए ।
छोटो तथा लामो दुरीमा गाढी चलेपनि हेटौंडा–कुलेखानी–काठमाडौं छोटो दुरीको मार्गमा चल्ने टाटासुमो सञ्चालनमा छैनन् । सुमोका सबैजसो काउन्टर बिहानैदेखि बन्द छन् । सुमो नचल्दा यात्रुहरुले भने सास्ती पाएका छन् ।
विशेषगरी पूर्व पश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिराजपथ लगायतका क्षेत्रमा बस, ट्रक, ट्याक्टर लगायतका गाडी भने पहिलाका तुलनामा कम चलेका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]