एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौ। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बस्दैछ ।पोलिटब्युरो चयनपछि बस्न लागेको बैठकमा पार्टीको भावी कार्ययोजना, कार्यविभाजनका विषयमा छलफल हुनेछ ।बैठकमा छलफलका लागि लिखित प्रतिवेदन तयार नगरिए पनि अध्यक्ष केपी शर्मा ओलीले बुँदागत प्रस्ताव पेश गर्ने एमालेले जनाएको छ । सहमतिका आधारमा पोलिटब्युरो र स्थायी समिति चयन गरिएपनि केही नेताहरुलाई जिम्मेवारी नदिएको भन्दै पार्टीभित्र असन्तुष्टि कायम रहेको छ ।बैठकमा संविधानसभामा भइरहेको छलफल, संविधानका लागि पार्टीले खेल्ने दवाव अभियानका विषयमा पनि छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।