दुधको मूल्य ह्वात्तै बढ्यो

२०७१ पुष १६ गते, बुधबार

काठमाडौ । दुग्ध विकास संस्थान डीडीसीले दुधको मूल्य बढाएको छ ।संस्थानको हिजो बसेको संचालक समितिको बैठकले आजदेखि लागु हुने गरी प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्यअनुसार निलो प्याकेटको दुधमा ८ रुपैयाँ बढेपछि अबदेखि एक लिटरको ६४ रुपैयाँ पुगेको छ भने गाईको दुधमा पनि ८ रुपैयाँ बढेर ७२ रुपैयाँ भएको छ ।
त्यस्तै फ्याटयुक्त हरियो प्याकेटको दुधमा प्रतिलिटर १० रुपैयाँ बढेर ८० रुपैयाँ पुगेको संस्थानले जनाएको छ ।दुग्ध किसानहरुको दबाबका कारण मूल्य बढाइएको संस्थानले जनाएको छ । दुग्ध किसानहरु लामो समयदेखि दुधको मूल्य बढाउनु पर्ने भन्दै दबाब दिईंदै आएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार