सिन्धुली महोत्सवका आयोजकबाट महिला पत्रकारमाथि दुर्व्यवहार

२०७१ पुष १९ गते, शनिबार

काठमाडौं । सिन्धुलीमाढीमा जारी सिन्धुली महोत्सवको नवौ दिन महिला पत्रकारमाथि दुर्व्यवहार भएको छ ।रेडियो शिद्धबाबाका दुई जना महिला पत्रकार सरला सुनुवार र देविका मगरमाथि दुर्ब्यवहार भएको हो । आयोजक मुल समारोह समितिका संयोजक तथा सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष सानुकाजी श्रेष्ठको हस्ताक्षर र सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीको छाप र लोगोसहितको पास कार्ड भए पनि त्यो नक्कली भएको भनी दुर्व्यवहार भएको पीडितहरुले बताएका छन् । घटनाप्रति रेडियो तथा जिल्लाका संचारकर्मीहरुले विरोध गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु