अन्तराष्ट्रिय विमानस्थल भ्रस्टाचारीको अखडा

२०७१ पुष ३० गते, बुधबार

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भ्रस्ताचारिको अखडा बन्दै गैक्प छ । विमानस्थल भित्र सुरक्षा व्यवस्था गरिएको भनिए पनि भित्रभित्रै ठूला ठूला तस्करी हुने गरेको छ । यही तथ्य बुझेर होला कुनै समय विकनी किलरका नामले कुख्यात चाल्र्स शोभराजले यो विमानस्थलबाट हाती समेत छिराइदिने प्रतिक्रिया दिएका थिए । विमानस्थलको उच्च स्रोतका अनुसार यहाँको भन्सार कार्यालयबाट करोडौंको भन्सार छली हुने गरेको छ । व्यापारीहरुका सामानहरु ओसारपसार गर्नका लागि एजेन्टहरुको ठूलो समूह नै कार्यरत रहेको छ । एजेन्टहरुले कार्यालय प्रमुखदेखि सुरक्षाकर्मी र अन्य कर्मचारीहरुसँग मिलेर दैनिकजसो लाखौंको भन्सार छलेर सामान आयात निर्यात गर्ने गरेका छन् ।
कार्गो गरेर विदेशबाट आउने बहुमूल्य इलेक्ट्रोनिक सामानहरु ल्यापटप, मोवाइल, रेडिमेड तयारी पोसाक लगायतका सामानहरु एजेन्टहरुले कम मूल्याङ्कनमा प्रज्ञापन पत्र भरेर सामान छुटाउने गरेका छन । त्यसमा भन्सार कार्यालयका प्रमुखदेखि कार्यालय सहायकसम्मको सम्लग्नता रहेको पाइन्छ ।
भन्सारमा कार्यरत कर्मचारीहरु कार्यालय समयमै व्यापारीहरुको दैलोमा पुग्ने गर्दछन् । उनीहरुले भेट्ने समयदेखि अन्य विभिन्न खालका डिलहरु कार्यालय समयमै गर्ने गरेको स्रोतले जनाएको छ । व्यापारीका पसलहरुमा पुगेर मोवाइल, ल्यापटप लगायतका सामानहरु लिने गरेका छन् । जसले गर्दा उक्त भन्सार कार्यालयबाट करोडौंको भन्सार छली हुने गरेको छ ।
कार्गो गरेर विदेश पठाउन नमिल्ने केही अवैध सामानहरु समेत स्क्यान मेसिनमा बस्ने प्रहरी र भन्सारका कर्मचारीसँग मिलेर एजेन्टहे छिराउने गरेका छन् । त्यसका लागि एजेन्टहरुले ठूलो रकम कर्मचारीलाई मासिक बुझाउँछन् । उक्त कार्यमा लागु औषध सेल, डिएमआई र प्रहरीको समेत प्रत्यक्ष संलग्नता रहने गरेको छ ।
यसका बारेमा धेरैपटक कुरा उठे पनि सम्बन्धित निकायले यसतर्फ ध्यान नै पुर्याएको छैन । भन्सार छलेर ल्याउन खोजिएका सामानको ट्रक नै समातेर राजश्व अनुसन्धान विभागमा बुझाइए पनि त्यसमाथि कारवाही नहुने गरेको कर्मचारी बताउँछन् । यसले यो जालो उपल्लो तहसम्मै भएको देखाउँछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार