गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुदै

२०७१ माघ १ गते, बिहीबार

काठमाडौं । आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य औपचारिकरुपमा सुरु हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान ११ बजे नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास गर्ने तय भएको छ । त्यसका लागि प्रधानमन्त्री कोइराला अहिले बिहान ९ बजे भैरहवा जाने उनका पे्रस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास आज हुने भएपनि निर्माण प्रक्रियामा जुट्न विगत २ साताभन्दा अघिदेखि चिनिया निर्माण कम्पनीका उच्च अधिकारीहरु भैरहवा र लुम्बिनीमा अड्डा जमाएर आफ्नो आन्तरिक गृहकार्य सुरु गरिसकेका छन् ।
शिलान्यासपछि औपचारिकरुपमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने र तीन वर्षपछि २०१७ मा निर्माण सम्पन्न हुने गौतमबुद्ध विमानस्थल स्तरोन्नती आयोजना (जिबिए) का प्रमुख मुरारी भण्डारीले जानकारी दिए ।
विमानस्थलको निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीको रहेको छ । चीनको नर्थवेष्ट सिभिल एभिएसन कर्पोरेशन समुहले सबैभन्दा कम मूल्यमा विमानस्थल निर्माण गर्ने प्रस्ताव हालेको आधारमा चयन भएको थियो ।
बोलपत्र अनुसार नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ ९१ पैसामा विमानस्थल निर्माण कार्य सम्पन्न गर्नेछ । भैरहवामा हाल १५ सय मिटरको धावनमार्गमा सञ्चालन भइरहेको यो आन्तरिक विमानस्थललाई तीन हजार मिटरको धावनमार्गसहित वाइड बडी अर्थात ठूला जहाज अवतरण गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना छ । प्राधिकरणले यो विमानस्थल स्तरोन्नति गर्न आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार