मध्यपुरथिमि होडिङ्ग बोर्ड मुक्त शहर बन्दै

२०७१ माघ २ गते, शुक्रबार

काठमाडौ, २ माघ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले नगरक्षेत्रलाई फागुन महिना भित्रमा होडिङ्ग बोर्ड मुक्त नगर बनाउने भएको छ । नगरलाई होडिङ्ग बोर्ड, पोष्टर, पम्पलेट, वाल पेन्टिङ्ग मुक्त नगरपालिका बनाउन लागेको नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेलले बताए ।
नगरपालिका क्षेत्रमा जथाभावी रुपमा राखिने यसप्रकारका प्रचार सामाग्रीले नगरक्षेत्रलाई कुरुप बनाएको, मुख्य सडकको दाँया बाँया राखिने होडिङ्ग बोर्डले दुर्घटना बढाएको पाईएपछि नगरक्षेत्रलाई वातावरणीय रुपमा सुन्दर बनाउन मध्यपुर नगरक्षेत्रलाई होडिङ्ग बोर्ड, पोष्टर, पम्पलेट, ब्यानर, फ्लेक्स र वाल पेन्टिङ्ग मुक्त बनाउन लागेको उनले बताए ।
नगरपालिकाको हालै सम्पन्न २४ औ नगरपरिषदमा यस्तो निर्णय भएकाले यसलाई कार्यान्वयन गर्न सहज हुने भएको छ । अहिले नगरपालिकाका बिभिन्न क्षेत्रमा बिभिन्न निकायले आफ्ना प्रचारका लागि सडकको दायाँबायाँ, आकाशे पुल लगायतका क्षेत्रमा जथाभावी रुपमा होडिङ्ग बोर्ड, पोष्टर, पम्पलेट, ब्यानर, फ्लेक्स राख्ने, वाल पेन्टिङ्ग गरिदै आएको छ ।
नगरपालिकाले प्रहरीको सहयोगमा पटक पटक यस्ता सामाग्री हटाउँदा पनि अटेर गरि पुनः राख्ने कार्य भईरहेकाले अब नगरक्षेत्रलाई नै होडिङ्ग बोर्ड मुक्त क्षेत्र बनाई अटेर गर्नेलाई कारबाही गरिेने उनले बताए ।
नगरक्षेत्रमा होडिङ्ग बोर्ड लगायतका प्रचार सामाग्री राख्न अहिलेसम्म कसैले पनि अनुमति नलिएको बताउँदै कार्यकारी अधिकृत पोखरेलले नगरपालिकाले यस्ता कार्यका लागि स्वीकृत पनि नदिने र राख्न अटेर गर्नेलाई कारबाही गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार