संविधानसभामा भाले भिडन्त
काठमाडौं, ६ माघ । सविधानसभाको बैठक चलिरहेको अवस्थामा गए राती १ बजे एमाओवादीका सभासहरुद्ले संविधानसभा भित्र तोडफोड गरेका छन् । एमाओवादी सभासदहरुले संविधानसभाका कुर्सी तोडफोड गर्नुका साथै माइक पनि छरपष्ट पारेका थिए भने तीन जना मर्यादापालक समेत घाइते भएका छन् । संविधानसभा कार्यव्यवस्था समितिको बैठक सकिलगत्तै संविधानसभाको बैठक सुरु भएको थियो ।मध्यराती १२:३० बजेदेखि सुरु भएको संविधानसभाको बैठकमा एमाओवादी सभासद डा. बाबुराम भट्टराईले सविधानसभाको बैठकमा जवाफ दिइरहेका थिए । उनले प्रस्तुत गरेको संबाद समितिको प्रतिवेदनमा उठेको प्रश्नहरुको जवाफ दिएका थिय।
बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नवाली समिति बनाउन लाग्दा विपक्षी एमाओवादीसहित मोर्चाका सभासद् रोष्टमतिर दौडिए र रोष्टमलाई घेरा हालेका थिए ।तर मर्यादापालकले विपक्षीलाई रोष्टममाथि भने चढ्न दिएनन् ।
विपक्षीको तोडफोडपछि सभाध्यक्षले संविधानसभा बैठक आज १ बजेसम्मको लागि स्थगित भएको घोषणा गरेका थिए । केहीबेरको तनावपछि सभाध्यक्षले कार्यक्रम अघि बढाउनुको साटो स्थगित गरेका हुन् ।
हात उठाउँदै नाराबाजासहित विपक्षीका सभासद्हरु रोष्टमतिर जानको लागि पहल गरेका थिए । जनार्दन शर्मा नेतृत्वको टोलीले पटक–पटक रोष्टमतर्फ जान खोजेका थिए ।
यसैबीचमा सभासद् र मर्यादापालकबीच एकछिन भनाभन पनि भयो । विपक्षकिो कोलाहलबाट ३ जान मर्यादापालक घाइते भएका छन् । उनीहरुको विर अस्पतालमा उपचार भइरहेको छ ।
यसै बीच उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एकीकृत नेकपा माओवादीका सभासदहरुले देखाएको व्यवहारलाई जङ्गलीको संज्ञा दिएका छन ।
संविधासभा बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीलाई प्रक्रिया दिँदै उनले संविधानसभा भवनभित्र भएको ‘अराजक व्यवहार’ इतिहासकै महान भूल भएको र त्यसमा संलग्नहरु जङ्गली भएको बताएका छन् ।