चार दलका नेता असक्षम:राप्रपा नेपाल

२०७१ माघ ९ गते, शुक्रबार

काठमाडौ ९ माघ । कमल थापा नेतृत्वको राप्रपा नेपालले एक वर्षभित्र संविधान जारी गर्ने लिखित प्रतिवद्धता जनाएर पनि संविधान जारी गर्न नसकेको भन्दै चार दलका नेतालाई असक्षम घोषणा गर्ने भएको छ । सो पार्टीले आज दिउँसो १ बजेदेखि बबरमहलबाट जुलुस निकालेर सिंहदरबार घेराऊ गर्ने जनाएको छ ।प्रजातन्त्र र गणतन्त्र पक्षधर भनिएका दलहरुले माघ ८ मा संविधान जारी गर्न नसकेको भन्दै संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले शुक्रबार राजधानीसहित देशैभर प्रदर्शन गर्ने सो पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।
राजधानीमा बानेश्वर क्षेत्रमा र राजधानीबाहिर सबै जिल्ला सदरमुकाममा अन्य दलहरुलाई अससक्षम घोषणा गर्दै प्रदर्शन गर्न लागिएको उनले बताए ।
माघ ८ अघि पनि राप्रपा नेपालले सनातन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरेको थियो । हिन्दु बाहुल्य भएको नेपाललाई धर्म सापेक्ष गरिनुपर्ने बताउँदै आएको राप्रपा नेपालले संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको छ । उसले राजनीतिक निकासका लागि फागुनमा जनमतसंग्रह गर्नुपर्ने माग अघि सारेको छ ।

प्रतिक्रियाहरु

[anycomment]