प्रक्रिया खारेज नभएसम्म संविधानसभामा सहभागी हुदैनौ : विपक्षी मोर्चा

२०७१ माघ १२ गते, सोमबार

काठमाडौ ।प्रक्रिया खारेज नभएसम्म संविधानसभामा सहभागी नहुने विपक्षी मोर्चाको निर्णयमाघ ११, काठमाडौँ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले अहिलेको प्रक्रिया खारेज गरी विश्वासको वातावरण नबनाएसम्म संविधानसभामा सहभागी नहुने निर्णय गरेको छ । आइतवार दिउँसो मोर्चाको विरोधकाबीच संविधानसभामा संविधान लेखनको प्रक्रिया अगाडि बढाइएपछि एमाओवादी संसदीय दलको कार्यालयमा बसेको मोर्चाको बैठकले प्रक्रिया खारेज नभएसम्म संविधानसभामा सहभागी नहुने निर्णय गरेको मोर्चाका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । उनले यथास्थितिमा सत्तारुढ दल, सभामुखले बोलाएको कुनै पनि वार्ता, छलफलमा समेत मोर्चाले सहभागिता नजनाउने निर्णय गरेको बताए।बैठकले जबर्जस्ती प्रक्रिया अगाडि बढाउने कार्य प्रतिगामी भएको ठहर गर्दै यसले सम्पूर्ण अग्रगामी र परिवर्तनकारी शक्तिलाई ठूलो चुनौती भएको निष्कर्षसहित आन्दोलनमा जाने निर्णय गरेको उहाँले जानकारी दिए। यो कदमले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह, थारुलगायत आदिवासी जनजाति तथा अन्य जाति क्षेत्रको आन्दोलन र उनीहरुसँग भएका सम्झौताको मूल्य मान्यताको खिल्ली उडाएर देशलाई प्रतिगमनतर्फ धकेलिएको मोर्चाको विज्ञप्तिमा उल्लेख छ । मोर्चाले अग्रगामी शक्तिको सहमतिबाट संविधानसभाबाटै अग्रगामी संविधान बनाउन दृढ रहेको पनि स्पष्ट पारेको छ । रासस
माघ ११, काठमाडौँ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले अहिलेको प्रक्रिया खारेज गरी विश्वासको वातावरण नबनाएसम्म संविधानसभामा सहभागी नहुने निर्णय गरेको छ ।
आइतवार दिउँसो मोर्चाको विरोधकाबीच संविधानसभामा संविधान लेखनको प्रक्रिया अगाडि बढाइएपछि एमाओवादी संसदीय दलको कार्यालयमा बसेको मोर्चाको बैठकले प्रक्रिया खारेज नभएसम्म संविधानसभामा सहभागी नहुने निर्णय गरेको मोर्चाका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।उनले यथास्थितिमा सत्तारुढ दल, सभामुखले बोलाएको कुनै पनि वार्ता, छलफलमा समेत मोर्चाले सहभागिता नजनाउने निर्णय गरेको बताए।बैठकले जबर्जस्ती प्रक्रिया अगाडि बढाउने कार्य प्रतिगामी भएको ठहर गर्दै यसले सम्पूर्ण अग्रगामी र परिवर्तनकारी शक्तिलाई ठूलो चुनौती भएको निष्कर्षसहित आन्दोलनमा जाने निर्णय गरेको उहाँले जानकारी दिए।यो कदमले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह, थारुलगायत आदिवासी जनजाति तथा अन्य जाति क्षेत्रको आन्दोलन र उनीहरुसँग भएका सम्झौताको मूल्य मान्यताको खिल्ली उडाएर देशलाई प्रतिगमनतर्फ धकेलिएको मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।मोर्चाले अग्रगामी शक्तिको सहमतिबाट संविधानसभाबाटै अग्रगामी संविधान बनाउन दृढ रहेको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रियाहरु

[anycomment]