स्वास्थ्य विमाको गृहकार्य शुरु

२०७१ माघ १५ गते, बिहीबार

काठमाडौं, १५ माघ ।स्वास्थ्य मन्त्रालयले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न गृहकार्य थालेको छ । विमा कार्यक्रमलाई व्यवस्थित गर्न अहिले ऐन बनाउने तयारी भैरहेका मन्त्रालयका सहसचिव केदारबहादुर अधिकारीले बताए । उनले देशका ३ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न कार्यालय स्थापना भैसकेको र विमा कार्यक्रमलाई एकरुपता दिन सफ्टवेयरको व्यवस्था पनि गरिसकिएको बताए ।
मन्त्रालयले इलाम, बागलुङ र कैलालीमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न सम्पर्क कार्यालय खोलेको हो । त्यस जिल्लाका बासिन्दालाई स्वास्थ्य विमा गराउन अहिले जनशक्ति परिचालन गर्ने र उनीहरुलाई तालिम दिने तयारी भैरहेको अधिकारीले बताउनुभयो । इलाम, बागलुङ र कैलालीपछि अरु जिल्लामा पनि यो कार्यक्रम लैजाने उनले बताए ।
मन्त्रालयले ल्याएको विमा कार्यक्रममा ५ जनासम्मको परिवारले वार्षिक २५ सय रुपैंया बुझाए उनीहरुलाई वर्षमा ५० हजार रुपैंयासम्मको उपचार निःशुल्क गर्ने व्यवस्था छ । ५ जना भन्दा धेरै सदस्य भएमा प्रति सदस्य ५ सय रुपैयाँका दरले विमा गर्नुपर्ने भने ३ जनाको परिवारले पनि वार्षिक ५ जनाकै परिवार सरह २५ सय रुपैंया बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]