एमाओवादी केन्द्रीय समितिको बैठक बस्दै

२०७१ माघ १७ गते, शनिबार

काठमाडौ, १७ माघ । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।बिहीबार शुरु भएको बैठक हिजो स्थगित भएर आज फेरि बस्न लागेको हो । सहमतिबाट संविधान नबन्ने निष्कर्ष निकालेको माओवादीले अबको आन्दोलन, संविधान निर्माण प्रक्रिया र पार्टीले उठाएको मुद्दालगायतका विषयमा छलफल हुने स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
साथै प्रक्रियामा जाने सत्तापक्षको विरोधमा घोषणा गरिएको आन्दोलनलाई सशक्त बनाउने र केन्द्रीय नेताहरुलाई जिल्लामा पठाउने तयारीका विषयमा पनि छलफल हुने जनाइएको छ

प्रतिक्रियाहरु

[anycomment]