माओवादीका कार्यक्रता पक्राउ, तत्काल रिहा गर्न माग
बारा, १८ माघ ।नेकपा माओवादीका बारा जिल्ला सदस्य उमेश कट्टेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई डर धम्की दिने कार्यमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
भोजपुरा राज्य इन्चार्ज रबिले एक विज्ञाप्ती जारी गरि आफ्ना निर्दोश कार्यकर्तालाई प्रहरीले झुट्टा मुद्धा लगाएको भन्दै आपत्ति जनाएका छन् । ‘हाम्रा निर्दोश कार्यकर्तालाई प्रहरीले झुट्टा मुद्धा लगाएर गिरफ्तार गरेको छ, यसको हाम्रो पार्टी घोरभत्सर्ना गर्दछ । क. उमेशलाई तत्काल रिहाई गर्न माग गर्दछौं ।’ रबिले विज्ञाप्तीमा उल्लेख गरेका छन् । उनले रिहाई नगरे कडा आन्दोलन गर्न समेत बताएका छन् ।f