माओवादीद्वारा अख्तियार घेराउ भ्रष्टाचारीलाई कार्वाहीको माग

काठमाडौँ, १८ माघ ।नेकपा माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घेराउ गरिरहेको छ । सरकारी र गैरसकारी क्षेत्रमा गरी अहिलेसम्म नेपालमा पाँच सय खर्ब भ्रष्टाचार भएको बताएको छ । ठूला भ्रष्टाचारी र नीतिगत भ्रष्टाचारलाई कार्वाहीको माग गर्दै उसले टंगालस्थित आयोगको कार्यालयलाई घेराउ गरिरहेको छ । करिब दुई हजारको संख्यामा रहेका सर्वसाधारण र माओवादी कार्यकर्ताले मुख्य गेटमा धर्ना दिइरहेका छन् ।
आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले सरकारी पदमा रहँदा गरेको भ्रष्टाचारको सूचि बनाएको छ । नेकपा माओवादीका नेता इश्वारी दाहाल ‘असारे काका’ को नेतृत्वमा तिलक परिवार, उमा भुजेल लगायतका नेताहरु ज्ञापनपत्र बुझाउन अख्तियार भित्र गइसकेका छन् ।