धरान महोत्सव माघ २४देखि
काठमाडौ, २० माघ । धरानको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले माघ २४, २५ र २६ गते ११ औं धरान सडक उत्सव-०७१ हुने भएको छ ।आयोजक होटल एसोसिएशन अफ धरानले धरानमा पत्रकार सम्मेलन गरी सडक उत्सब हुन लागेको जानकारी गराएको हो ।
एसोसियशनका अध्यक्ष सूर्वण श्रेष्ठले यो उत्सवले धरानलाई पर्यटन केन्द्रको विकासका निम्ति र धरानलाई पूर्वको पर्यटन क्षेत्रका रुपमा बिकास गर्नका लागि सहयोग पुग्ने बताए । बिगतमा भएका यस्ता महोत्सवले धरानको विकासमा टेवा पुर्याएको र स्थानीय होटलहरुको स्तर विकास भएकाले निरन्तरता दिएको बताए ।उत्सवमा जातीय पहिचान झल्किनेखालका कार्यक्रम गर्नुका साथै पर्यटन प्रबर्द्धन सम्बन्धी बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले बताएका छन् ।महोत्सवमा बौद्धिक चेतना जगाउने कार्यक्रमहरु पनि गरिने सचिव श्याम पोखरेलले बताए । तीन दिनसम्म चल्ने उत्सवमा जातीय खानाका परिकार, जातीय भेषभुषा झल्किने पहिरनसहित करिब एक सयवटा स्टलहरु रहने छन् ।