बैद्य माओबादी परिवारवादी

२०७१ माघ २२ गते, बिहीबार

काठमाडौं । नेकपा–माओवादीले केही केन्द्रीय सदस्य थपेको छ ।बैद्य माओबादीको भेलाले एक सय ५१ सदस्य थप्ने नीति पारित गरेको थियो र तर हाल एक सय २५सदस्यीय केन्द्रीय समिति बनाइएको छ । केन्द्रीय सदस्य थप्ने क्रममा अधिकांस नेताको आफन्त र नातेदारहरु रहेका छन् । बैद्य माओबादीमा अहिलेसम्म करिब एक दर्जन केन्द्रीय सदस्य श्रीमान् श्रीमती रहेका छन् ।जसमा देब गुरुङ -यसोधा सुबेदी , हितमान शाक्य -अमृता थापा , कुलबहादुर केसी -तारा घर्ति ,पूर्ण घर्ति – सिता आचार्य , पवनमान श्रेष्ठ – जयन्ति लुइँटेल ,दिलिप प्रजापति -प्रतिमा श्रेष्ठ , बिजय साम्पाङ्ग राइ – शुसिला कन्दंगवा रहेका छन् भने केन्द्रीय सदस्य दिनेश शर्माको श्रीमती लक्ष्मी मुडभरी , साली अम्बिका मुडभरी , बहिनि रेनुका र नातेदार रुकु पनि केन्द्रीय सदस्य बनेका छन् ।यसैगरी अध्यक्ष्य मोहन बैद्य किरणको जेठान पिताम्बर पनि केन्द्रीय सदस्य बनेका छन् भने मायाप्रसाद शर्माका दुइभाई रामदीप र साकार पनि केन्द्रीय सदस्य भएका छन ।

प्रतिक्रियाहरु

[anycomment]