पार्टी एकताको लागि मापदण्ड हुनुपर्छः वैद्य
काठमाडौँ, २३ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले राजनीति गर्ने र राजनीतिशस्त्रीबीच अन्तरक्रिया हुन जरुरी भएको बताए ।
राजनीतिकर्मीको पीडा राजनीतिशास्त्रीले बुझ्न नसकेको उनले गुनासो गरे । भक्तबहदुर स्मृति प्रतिस्ठानद्वारा आयोजित ‘कमरेड भक्तबहादुर श्रेष्ठको तेस्रो स्मृतिसभा तथा कृति विमोचन’ कार्यक्रममा उनले सो विचार व्यक्त गरेका हुन । उनले सोही अवसरमा किरणले भने, ‘भक्तबहादुर जीका सम्पूर्ण मूल्याङ्कन र जीवनी प्रकाशित पुस्तकले मात्र समेट्दैन् ।’ अध्यक्ष किरणले अगाडी भने, श्रेष्ठ माक्र्सवादको राम्रो अध्ययता र सरल नेतृत्व हो ।’
कार्यक्रममा बोल्दै उनले माओवादी कम्युनिस्ट केन्द्र बनाउँ आवश्यक रहेको भन्दै सच्चा क्रान्तिकारी एकता हुन जरुरी भएको दाबी गरे । ‘एमाले, प्रचण्ड, बाबुरामले पनि आफू ठिक भन्छन् तर निश्चित मापदण्डअनुसार हुनुपर्छ तर सबैमा क्रान्तिकारी छन् उनीहरुलाई छोइछिटो गर्नुहुदैन’उनले
भने । उनको विचारमा संसोधनवाद विरोधी र नयाँ जनवाद मान्ने शक्तिबीच एकता हुनुपर्ने बताए ।
‘संविधानसभाको औचित्य समाप्त भयो, किरणले अगाडी भने, ‘अब नयाँ संघर्षको आवश्यकता छ ।’ किरणले आफ्नो पार्टीले दुई महिने मेची–महाकाली अभियान चलाउन लागेको जानकारी समेत दिए ।
भक्तबहादुर स्मृति प्रतिस्ठानका अध्यक्ष सीपी गजुरेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसीले भक्तबहादुर श्रेष्ठको पुस्ताहरु नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण सन्दर्भ सामागग्री भएको चार्चा गरे । उनले भने,‘यस्ता नेतृत्वलाई सम्मान गर्ने आधार उनीहरुको वैचारिक कार्य निरन्तर गरी राख्नुपर्छ ।’ नेपाल वौद्धिक मञ्चका महासचिव केसीले प्रकाशित पुस्तकको टिप्पणी गर्दै भने, ‘यो देशमा कम्युनिस्ट नेताहरुमा बाहिर पक्षजस्तो भित्र नहुँनुको पीडा नेपाली समाजले बेहोर्नु परिरहेको छ
।’
यस्तै टिप्पणीकार प्रा. रमेश शर्माले प्रकाशित पुस्तक वैचारिक तहसम्म ल्याउने आधार भएको बताए । उनको विचारमा भक्तबहादुर श्रेष्ठले भने जस्तो
नेपालमा उग्रवामपन्थी भड्काव गतिशिल भएर गएको देखिएन । शर्माले विश्वका भाइचारहरुसँग गर्नुपर्ने सम्बन्धको पनि उपयुक्त संयोजन गर्न आवश्यक रहेको बताए । ‘विश्वमा अमेरिका र चीनको आफ्नै खालको साम्राज्यवादीपन छ’ विश्व कम्युनिस्ट आन्दोलनको सम्बन्धलाई टिप्पणी गर्दै भने ।भक्तबहादुर स्मृति प्रतिस्ठानका सदस्य सचिव डा. ऋषिराज बरालले एमाओवादीलाई क्रान्तिकारी पार्टी भनि एकता गर्ने नभनेको दाबी गरे । उनले भने, ‘सिङ्गो कम्यनिस्ट आन्दोलनको इतिहासका नेतृत्वले प्रचण्ड–बाबुरामको पोल्टामा पुर्याउन खोजिएको भने होइन ।’