वैद्य माओवादी पारिवारिक झुण्ड

२०७१ माघ २४ गते, शनिबार

काठमाडौँ । वैद्य नेतृत्वको नेकपा-माओवादीले केन्द्रीय समिति विस्तार गरेको छ । हालै भएको वैद्य माओवादीको भेलाले केन्द्रीय समिति १५१ सदस्यीय बनाउने निर्ण्र्ालिएको थियो । सोही अनुसार अहिले केन्द्रीय सदस्यको संख्या बढाएर १२५ बनाएको छ । वैद्य माओवादीको अहिलेको केन्द्रीय समितिको विस्तारलाई हेर्ने हो भने यो एउटा पारिवारिक समूहको जस्तो पार्टीीएको छ । केन्द्रीय सदस्यमा श्रीमान् श्रीमती, साली, जेठान, ससुरा र भाइ, भतिजा नै मनोनित भएको देखिन्छ । माओवादीको अहिलेको केन्द्रीय समितिमा दर्जनभन्दा बढि श्रीमान्-श्रीमतीको जोडि रहेको पाइएको छ । जसमा देव गुरुङ- यशोधा सुवेदी, हितमान शाक्य-अमृता थापा, कुलबहादुर केसी-तारा र्घर्ति, विजय सामपाङ्ग र्राई-सुशीला कदङवा, पवनमान श्रेष्ठ-जयन्ति लुइटेल, दिलिप प्रजापति-प्रतिभा श्रेष्ठ, दावा मोक्तान-कुमारी मोक्तान रहेका छन् भने केन्द्रीय सदस्य दिनेश शर्माको श्रीमती लक्ष्मी मुडभरी, साली अम्विका मुडभरी र बहिनीहरु रेनुका र रुकु चौलागाई समेत केन्द्रीय सदस्य बनेका छन् ।
यसैगरी केन्द्रीय सदस्य मायाप्रसाद शर्माका दुइ भाइ रामदिप र साकार पनि केन्द्रीय सदस्य भएका छन् । यसैगरी केन्द्रीय सदस्य र्सुयप्रकास सुवेदीको श्रीमती ज्ञानु बस्नेत, सल्लाहकार सभापति कुष्णदास श्रेष्ठको श्रीमती महालक्ष्मी श्रेष्ठले पनि केन्द्रीय सदस्य हात लगाएका छन् । भने महासचिव रामबहादुर थापा बादलको श्रीमती नैना थापा, हितमान शाक्यका ससुरा लोकबहादुर थापा र अध्यक्ष मोहन वैद्यका जेठान पिताम्बर आचार्य पनि केन्द्रीय सदस्य भएका छन् ।
वैद्य माओवादीको १५१ जनाको केन्द्रीय सदस्य बनाउने निर्ण्र्ाभएपनि हाल १२५ सदस्यीय केन्द्रीय समिति बनाएको छ । केन्द्रीय सदस्यमा परिवारवाद हावी भएपछि अहिले पार्टीीत्र विवाद सृजना भएको स्रोत बताउँछ । स्रोतका अनुसार केन्द्रीय सदस्य महेश्वर दाहालले आफ्नो बाबुको साथ छोडेर वैद्यलाई काँध थापेकोमा अहिले आफ्नै श्रीमतीलाई केन्द्रीय सदस्यमा बढुवा नगरिदिएपछि आक्रोशित बनेका छन् । उनले आगामी केन्द्रीय समिति विस्तामा आफ्नी श्रीमती सीता अधिकारीलाई केन्द्रीय सदस्य नबनाए ठीक नहुने भनेर अध्यक्ष किरणलाई धम्क्याइसकेका छन् ।
वैद्य माओवादीको केन्द्रीय समिति विस्तार र एमाओवादीसँग एकीकरण गर्ने पार्टीेन्द्रीय समितिको निर्ण्र्ापछि इमान्दर कार्यकर्ताहरु निराश भएका छन् । वैद्य माओवादीका केन्द्रीय सदस्य दावेदार एक कार्यकर्ताले भने अब वैद्य माओवादी विघटनको संघारमा पुगेको छ । अब आफू जस्तो इमान्दार कार्यकर्ता विप्लव नेतृत्वको माओवादीमा समाहित हुनुको विकल्प नभएको उनले जिकिर गरे ।
यसैबीच नेकपा-माओवादीको केन्द्रीय समितिको बैठकले पदाधिकारीमा पुरानै चार जनालाई यथावत कायम गरेको छ भने स्थायी समितिमा छ जनालाई बढुवा गरेको छ । जसमा पम्फा भुसाल, हितमान शाक्य, हरिभक्त कँडेल, नारायण शर्मा, इन्द्रमोहन सिग्देल र कुलप्रसाद केसी सोनाम छन् । त्यस्तै पोलिटब्युरो सदस्यहरुमा दिनेश शर्मा, र्सूयप्रकाश सुवेदी पथिक, श्रीनाथ अधिकारी, श्रीराम ढकाल, चन्द्रहरि सुवेदी, सुरेश आले मगर, महेश्वर दाहाल, पूण्र्घर्ती, शावित्री काफ्ले, अमृता थापा, हर्कबहादुर शाही, कृष्णदेव सिंह, यशोदा सुवेदी, पवनमान श्रेष्ठ, मायाप्रसाद शर्मा, डीके प्रजापति, राम आचार्य, लक्ष्मण पन्त र मौसम लिम्बु छन् । निर्माण भएको नयाँ ब्युरोको इर्न्चाज स्थायी समितिलाई र राज्य इर्न्चाज पोलिटब्युरो सदस्यलाई जिम्मा दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]