यमनमा विद्रोहीद्धारा सत्ता कब्जा
काठमाडौं, २४ माघ । यमनमा हूती विद्रोहीले सत्ता कब्जा गरेका छन् । संसद भंग गरेर उनीहरुले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका हुन् ।
यो सँगै यमनमा लामो समयदेखि चलिरहेको सत्ताको लडाई तत्कालका लागी रोकिएको छ ।यस गूटले सेप्टेम्बरमा राजधानी सनामाथि कब्जा जमाएर राष्ट्रपति आबेद मन्सूर हादीलाई जनवरीमा पद त्याग्न बाध्य पारेको थियो ।अतिवादी शिया समूहले सनामा टेलिभिजनमार्फत् देश सञ्चालनका लागि १५१ सदस्यीय एक काउन्सिल पनि स्थापना गरेको जनाएका छन् । यस काउन्सिलले अन्तरिम सरकारलाई सल्लाह दिनेछ । संयुक्त राष्ट्रसंघले गरिरहेको शान्तिवार्ता असफल भएलगत्तै सत्ता कब्जाको घोषणा गरिएको थियो ।-एजेन्सी