नेपाली दलाल पक्राउ
काठमाडौँ । जापानमा नक्कली शरणार्थी भिषा लिन प्रेरणा दिने र उनीहरुबाट मोटो रकम असुल्ने ३० बर्षिय एक नेपाली युवा पक्राउ परेका छन् । पक्राउ गरिए पनि उनको नाम भने प्रहरीले गोप्य राखेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।जापानमा शरणार्थी आबेदन दिएका नेपाली शरणार्थीहरुलाई काम लगाउने धन्दा चलाएर बसेका एक जना नेपाली दलाललाई अध्यगमन बिभागले पक्राउ गरेको थियो । तर, ति व्यक्ति को हुन् भन्ने अहिलेसम्म पत्तालाग्न सकेको छैन ।
शरणार्थी मान्यता पाइनसकेका मुद्दा बिचराधिन १०० जना भन्दा बढी व्यक्तिहरुलाई काम गर्न उत्साहित गरी शरणार्थी नीति विरुद्ध लागेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।सन् २०१४ मा मात्र करिब पाँच हजार शरणार्थीहरुको बिचराधिन मुद्धा अझै कायम छ ।
बिगत ५ बर्ष देखि बस्दै आएको शरणार्थीको संख्या ५ गुणा बढेकाले त्यसलाई जापान अध्यागमनले शरणार्थी नीतिलाई दुरुपायोग गरिएको बारेमा अध्ययन गरिरहेको बताइएको छ ।शरणार्थी प्रणालीलाई दुरुपयोग गरी दलाली गरेको धन्दाको पर्दाफास यो पहिलो घटना हो । २०१० को मार्चमा शरणार्थी नीतिलाई परिमार्जन गरि, आबेदन दिएर ६ महिना पुगेर पनि मुद्दा टुंगो नलागेको अवस्थामा उनीहरुको जापानमा जिबनयापन सहज पार्न काम गर्न पाउने नीति बनाएको थियो ।मुद्दा पुनराबेदन वा प्रतिवाद गर्ने समयसिमा लम्ब्याउदै जापानमा काम गर्नमात्र शरणार्थी आबेदन दिने समस्या बढेको हुनाले शरणार्थी नीतिलाई पुनरालोकन गर्न आवाज उठाईएको छ ।