स्काउटमा नियुक्ती रोक: सर्वोच्च

२०७१ माघ २८ गते, बुधबार

काठमाडौँ । सर्वोच्च अदालले नेपाल स्काउटमा पदाधिकारी नियुक्ती प्रक्रिया तत्काललाई रोक्नमंगलबार अन्तरिम आदेश जारी गरेको छ।रिटको अन्तिम टुंगो नलागेसम्म कुनै कारवाही अघि नबढाउन सरकारको नाममा उक्त आदेश जारी भएको हो । न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले राष्ट्रिय परिषद सदस्य भरतलाल श्रेष्ठका तर्फाट दायर रिटमाथि अन्तरिम टुंगो नलागेसम्म नियुक्ती प्रकृया रोक्न आदेश दिएको हो। सर्वोच्चले १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत सरकारलाई भनेको छ ।कानुन विपरित नेपाल स्काउटमा पदाधिकारी नियुक्ती गरिएको दाबी सहित श्रेष्ठले रिट दायर गर्नु भएको हो । साथै नेपाल स्काउट प्रगतिशील संर्घष् समितिका सदस्यहरु स्काउटर द्धोयसन्तोष कुमार थापा र श्रीवत्स बस्न्यातले समेत छुट्टै रिट दायर गर्नु भएको थियो ।
नेपाल स्काउट ऐन बिपरित मनोनित गरिएको आरोपित पदका पदाधिकारीहरुमा राष्ट्रिय सचिव लोकबहादुर भण्डारी
कार्यक्रम आयुक्त राम प्रसाद भट्टर्राई, संगठन आयुक्त देवराज घिमिरे, बिना विभागीय आयुक्त विजय किशोर झा रहेका छन् ।
नेपाल स्काउटमा भएको युवा स्काउटरहरुको आन्दोलन र स्काउटर गुणराज प्याकुरेलको २१ दिन सम्मको आमरण अनसनका कारण गत जेष्ठ २५ गते नेपाल स्काउटका तत्कालिन प्रमुख आयुक्तश्रीराम लामिछानेले राजिनामा दिएका थिए । १६ वर्षदेखि नेपाल स्काउटका प्रमुख आयुक्त रहदै आएका लामिछानेको विरुद्धमा आर्थिक तथा नीतिगत भ्रष्टचार, अनियमिता र नाताबाद कृपाबादको आरोप सहित आन्दोलन भएको थियो ।उनको राजिनामा र मन्त्रालयमा भएको सम्झौता पछि युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौड्यालले नेपाल स्काउट प्रधान कार्यालय, लैनचौर आई २१ दिन देखि आमरण अनसनमा बसेका गुणराज प्याकुरेललाई जुस खुवाई आमरण अनसन तोडाएका थिए ।
यसको एक हप्ता पछी कार्यकारी समिति गठनका लागि भन्दै सरकारले ७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । युवा तथा खेलकुद मन्त्रालयले नेपाल सरकारका पूव सचिव ध्रुवकुमार शर्माको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरेको थियो ।
तर यसको७ महिना पछिगत पौष २१ फेरी तदर्थ समिति भंग गरि ऐन, नियम बमोजिमभन्दै काठमाडौं जिल्ला स्काउटका जिल्ला आयुक्त रविन दाहाललाई प्रमुख आयुक्त र लोकबहादुर भण्डारीलाई राष्ट्रिय सचिवमा मनोनित गर्दै मन्त्रि पौड्यालले कार्य समिती गठन गरेका थिए।
दाहाल नोबेल एकेडेमीका फाइनान्स डाइरेक्टरहुन् भने भण्डारी जेभियर इन्टरनेशनल कलेज कालोपुलका सिओ हुन् ।
साथै भण्डारी स्काउटका साधारण सदस्य समेत नरहेका व्यक्ती हुन् । उनि के पी ओली नजिकका मानिन्छन् । तर स्काउट गैर राजनैतिक विश्व ब्यापी अनौपचारिक शैक्षिक अभियान हो।
त्यसैगरि राम भट्टर्राई, देवराज घिमिरे र विजयकिशोर झा निर्वाचित राष्ट्रिय परिषदका सदस्य नभई साधारण स्काउट माष्टर मात्र हुन् ।
प्रधानमन्त्री संरक्षक र युवा तथा खेलकुद मन्त्री प्रमुख रहने स्काउटको स्थापना विसं २००९ सालमा भएको हो । बालबालिका तथा युवाको बृत्ति विकासका लागि भन्दै स्काउटको स्थापना भएपनि पछिल्लो समय स्काउटको चलअचल संम्पतीप्रति पदाधिकारी आकषिर्त हुन थालेपछिस्काउटमा विवाद बढ्दै गएको हो ।

प्रतिक्रियाहरु

[anycomment]