भाडा कार्यान्वयनको लागि अनुगमन हुने

२०७१ माघ २९ गते, बिहीबार

काठमाडौं,२९ माघ । सरकारले सार्वजनिक गाडीमा घटेको भाडा लागू गर्न अनुगमन गर्ने तयारी गरेको छ । घटेको भाडा लागू नभएको जनगुनासो बढेपछि अनुगमनको तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले बताए ।
काठमाडौं उपत्यका बाहिर घटेको भाडा लागू गर्न व्यवसायी सहमत भएपनि उपत्यकामा १ रुपैयाँ घटेको भाडा लागू गर्न भने व्यवसायीले आलटाल गरिरहेका छन् । सहमति विना सरकराले २ दशमलव शुन्य ३ प्रतिशत भाडा घटेकोमा १ रुपैयाँ घटाएको भन्दै व्यवसायीले विरोध जनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासिचव सरौज सिटौलाले १ रुपैयाँ भाडा घटाए पनि व्यवसायीलाई कुनै औपचारिक जानकारी नआएको बताए ।
सरकारले भने व्यवसायीलाई पत्र पठाईसकेको बताएको छ । सरकारले पछिल्लो समयको भाडामा २ दशमलव शुन्य ३ प्रतिशत घटाउँदा छोटो दुरीका यात्रुलाई राहत नमिलेको भन्दै एक रुपैयाँ नै घटाएको हो । २ दशमलव शुन्य ३ प्रतिशत मात्र घट्दा १४ रुपैयाँ भाडामा १३ रुपैयाँ ७२ पैसामा मात्र झर्ने भएकाले सरकारले छोटो दूरीमा १ रुपैयाले घटाएर न्यूनतम १३ रुपैयाँ कायम गरेकोे हो ।
तर यातायात व्यवसायीको अटेरका कारण यात्रुले यस अघि घटेको भाडाबाट पनि राहत पाउन सकेका छैनन । भाडा १३ रुपैयाँमा झरेपनि यात्रु १५ रुपैयाँ नै तिर्न बाध्य छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु