आज विश्व रेडियो दिवस
काठमाडौं,१ फागुन ।आजु विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी र मनाईंदैछ । युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष वर्षको फेब्रुअरी १३ तारिखमा यो दिवस मनाउने घोषणा गरेको थियो ।
नेपालमा २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भए पनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले साढे ५ सयको हाराहारीमा प्रसारणका लागि इजाजत पाएका छन् भने ४ सय भन्दा बढी रेडियो सञ्चालनमा छन् । मुस्ताङ जिल्ला बाहेक अरु ७४ वटै जिल्लामा रेडियोको पहुँच पुगेको छ ।
तर सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि लोडसेडिङ, आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ ।