अब निरास हुनुपर्दैनः विप्लव

२०७१ फाल्गुन १ गते, शुक्रबार

काठमार्डौँ, १ फागुन ।नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्धले धक्का खाएको तर आफूहरु निरास नभएर जिम्मेवारीकासाथ जनयुद्धको उद्देश्य पूरा गर्न लगाडि बढिरहेको बताए । ‘जनयुद्धले धक्का खायो, जनता र कार्यकर्तामा केही निरासा छाएको छ, हामीहरु जनयुद्धका उद्देश्य पूरा गर्ने बाटोमा अगाडि बढेका छौँ, अब निरास हुनुपर्दैन’ विप्लवले भने ।
२० औँ जनयुद्ध दिवसको अवरमा पार्टीले काठमाडौँको बालाजुमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै विप्लवले सो कुरा बताएका हुन ।तत्कालिन नेकपा (माओवादी) नेतृत्वले धोका दिएर आएको राजनीतिक संकलको सामना पछि हटेर होइन अगाडि बढेर समाधन गर्नुपर्ने बताए । जनयुद्धबाट प्राप्त उलब्धि संकटमा परेको बताउँदै उक्त संकटको सामना गर्न आफूहरु तयार भएकाले चिन्ता होइन साहसका साथ अगाडि बढ्नुपर्ने बताए । ‘जनतासँग हामीले जुन प्रतिवद्धता गरेर जनयुद्धमा गएका थियौँ, त्यो पूरा भएको छैन, त्यसबाट हामी पछि हटेका छैनौँ’ कार्यक्रममा बोल्दै विप्लवले भने ।
जनयुद्ध दिवसको अबसरमा विप्लवले शुभकामना दिँदै जनयुद्धका प्रतिवद्धता पूरा गर्न अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रमा संयुक्त राष्ट्रवादी मोर्चा नेपालका र विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादीमा प्रवेश गर्ने दुई दर्जनभन्दा बढिलाई विप्लवले पार्टी प्रवेश गराएका थिए ।मोर्चाका केन्द्रीय उपाध्यक्ष विष्णु कुमार पौडेल, केन्द्रीय सदस्य राजकुमार कोइराला, दिपक श्रेष्ठ लगायत ११ जना र एमाओवादी, नेकपा–माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]