आज पानी पर्न सक्ने

२०७१ फाल्गुन ४ गते, सोमबार

काठमाडौं, ४ फागुन । आज पानी पर्न सक्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार पूर्वी र पश्चिमी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना छ ।काठमाडौं उपत्यका सहित मध्य क्षेत्रमा पनि छिटपुट वर्षा हुने उनले बताए । आइतबारदेखि नै देशका पहाडी क्षेत्रमा हल्का पानी परेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । यो क्रम दिनभर नै चल्ने मौसमविद अर्यालले बताए । उनका अनुसार मौसममा भोलि थोरै सुधार भएपनि फेरि बदली हुने संकेत देखिएको छ ।
बदली पुरै हटेर घाम लाग्न अझै केही दिन पर्खनुपर्ने उहाँले बताउनुभयो । वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर जल वाष्पयुक्त हावा चलेको कारण मौसम बदली भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु