कोइलाखानीमा मजदुर थनिए
काठमाडौँ, ४ फागुन । दाङको स्युजा–३ पाखापानीस्थित कोइलाखानीमा एक मजदुर थुनिएका छन् ।पलिटे भन्ने स्थानमा कोइलाखानीमा काम गर्दै आएका सैघा ७ बाम्लाका ४२ वर्षिय भिमकान्त रावत १६ घण्टादेखि थुनिएका छन । रावत हिजो अपरान्ह ४ बजेदेखि थुनिएपनि १६ घण्टा बितिसक्दा पनि उनको उद्धार हुन सकेको छैन ।
कमिरेचौर प्रहरी चौकीबाट प्रहरीको टोली गएपनि २ सय मिटर भित्र रहेकाले छिर्न नसकेको स्थानीय जंग रोका मगरले जानकारी दिएका छन । जिल्लाबाट भने आज बिहान मात्रै प्रहरीको टोली त्यसतर्फ गएको प्रहरीले जनाएको छ ।
कोइलाखानीमा थुनिएका मजदुरहरु नारायण पुन र गोपाल बिक घाईते अवस्थामा कोइलाखानीमा निस्किएका छन् । ठेकेदारको लापरबाहीका कारण उचित व्यवस्था नहुँदा काइलाखानीमा मजदुरहरु जोखिम मोलेर काम गर्न बाध्य छन् ।