आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम

२०७१ फाल्गुन ५ गते, मंगलवार

काठमाडौँ, ५ फागुन ।नेपाली सेनाले आज सेना दिविस मनाउँदै छ । नेपाली सेनाले हरेक बर्ष आजैको दिन टुँडिखेलमा विशेष कार्यक्रम र सेनाका सबै पृतना, बाहिनी, गण र गुल्महरुमा पनि सेनाले दिवस मनाउँदै आएको छ ।आजपनि सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।सेनाले सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।
वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालबाट भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ । उक्त सुरक्षा सङ्गठनको प्रमुखमा अहिले प्रधानसेनापति गौरवशम्शेर जबरा छन् ।
यसैबीच सेना दिवस २०७१ को उपलक्ष्यमा प्रधानसेनापति राणाले सकल दर्जालाई दिएको सन्देशमा नेपाली सेनाले सदैव राष्ट्र निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अखण्डताको पहरेदारी र जनताको सर्वपरि हितका लागि त्याग र बलिदान दिँदै आएको स्मरण गराएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]