तौल घटाउने भए भात खानुस्

२०७१ फाल्गुन ५ गते, मंगलवार

काठमाडौँ ।भातले तौल वा पेट बढाउँछ भन्ने सबैलाई लागेको हुन्छ । कसैको भुँडी ठूलो हुँदा भात कम गर्नुपर्यो समेत भन्ने यदाकदा सुन्न पाइन्छ । कतिपय महिलाहरुले आफू स्लिम हुँन भात नै नखाने गरेको पनि सुन्छि र देखिन्छ । तर एक अध्ययनले यो सबै अलत सावित गरिदिएको छ । उक्त अध्ययनले भात खाँदा तौल घट्ने पत्ता लगाएको छ ।अमेरिकाको हेल्थ एण्ड न्यूट्रिशन एक्जामिनेशन सर्वे (एनएचएएनईएस) ले गरेको अध्यनले भात खाँदा स्वास्थ्यका लागि धेरै फाइदा हुने देखाएको छ ।भात पोषक तत्वले भरिपूर्ण रहेको र यसले मोटो पन घटाउन पनि मद्धत गर्छ । शोधकर्ताहरुले २००५ देखि २०१० सम्म १४ हजार ३ सय ८६ अमेरिकीमाथि अध्यन गरेर यो निष्कर्ष निकालेका हुन् ।प्रमुख शोधकर्ता थेरेसा नकलसका अनुसार भातमा पोटाशियम म्यग्नेशियम, आइरन, फोलेट र फाइबर जस्ता पोषक तत्व अधिक मात्रामा हुन्छ भने सैचुरेटेड फ्याट्स र शुगर कम मात्रा मात्रामा हुन्छ ।
यसैकारण भात तौल घटाउनका लागि निक्कै फाइदाजनक मानिन्छ । भातको साथमा फल साग सब्जी र गेडागुडी पनि खाँदा शरीर फिट राख्न सहज हुने शोधकर्ताको भनाइ छ । भातले पेट भरिएको आभास छिटो दिने हुँदा पनि अधिक खाना खानबाट बचाउने शोधकर्ताको तर्क छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु