कांग्रेस–एमालेको दम्भलाई निस्तेज पार्छौ : दाहाल

२०७१ फाल्गुन ५ गते, मंगलवार

काठमाडौँ, ५ फागुन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेको अहम् र दम्भलाई आन्दोलनले निस्तेज पार्ने दाबी गरेका छन् ।
पोखरामा मंगलबार सन्चारकर्मीहरुसँग अध्यक्ष दाहालले फाल्गुन १६ गते काठमाडौंमा हुने प्रदर्शनपछि कांग्रेस–एमाले आफ्नो ‘साइज’मा आउने पनि बताए । १६ गते अगावै कांग्रेस–एमालेले सहमतीय आधारमै संविधान बनाउने प्रतिबद्धता जनाए उक्त सभा उत्सवमा परिणत गरिने उनले बताए ।‘कांग्रेस–एमालेले संविधानसभालाई संसदझैं बहुमतको आधारमा पेलेर जान खोजेकाले एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनमा ओर्लनुपरेको’ दाहालको भनाइ छ ।जनादेश र मतादेशको द्धन्द्धमा कांग्रेस–एमालेले शान्ति सम्झौता, १२ बुँदे समझदारी र अन्तरिक संविधानका मर्म कुल्चेर अघि जान नसक्ने उनले बताए ।
पार्टीभित्रै चर्को आलोचना हुँदाहुँदै ल्हारक्याल लामालाई किन सभासद बनाएको भन्ने प्रश्नमा दाहालले ‘लामा विज्ञ भएकाले सभासद बनाउन निर्वाचन आयोगले सल्लाह दिएकाले बनाइएको’ तर्क गरे ।‘लामालाई सभासद बनाउँदा पैसाको चलखेल भएको प्रमाण फेला पारे जस्तोसुकै कारबाही भोग्न आफू तयार रहेको’ दाहालले उल्लेख गरे ।

प्रतिक्रियाहरु

[anycomment]