ईलेक्ट्रोनिक्स एक्स्पो सुरु
काठमाडौँ, ५ फागुन । विद्युतीय सामाग्री व्यवसायी संघको आयोजनामा पाँचदिने दोश्रो ईलेक्ट्रोनिक्स एक्स्पो—२०१५ आजबाट भक्तपुरमा सुरु भएको छ ।
भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने र उपभोक्तालाई एकै थलोबाट विभिन्न प्रकारका विद्युतीय सामाग्रीहरु विशेष सहुलियतमा उपलब्ध गराउने उदेश्यले संघले भक्तपुर नगरपालिका दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा एक्स्पोको आयोजना गरेको छ ।एक्स्पोमा विभिन्न ब्राण्डका मोबाइल, एलइडि टिभि, लाईट, फ्रिज, वासिङ्ग मेशिन, एसी, कुकिङ्ग रेञ्ज, कम्प्युटर, ल्यापटप, माईक्रोओभन लगायत ३ सय भन्दा बढी ब्राण्डका विद्युतीय सामाग्रीहरु बिक्रीका लागि राखिएको कार्यक्रमका सहसंयोजक रुकेश रंजितले जानकारी दिए ।
भक्तपुरमा उत्पादित विभिन्न हस्तकलाका सामाग्रीहरु, रेडिमेट कपडा, लगायतका सामाग्रीको समेत स्टलहरु रहनेछन् । एक्स्पोमा रोटी पिङ्ग, ट्रेन लगायत बिभिन्न गेम सहितको फन र्पाक संचालनमा ल्याईने छभने परम्परागत गीत तथा नृत्य प्रतियोगिता समेत रहेनछ ।
एक्स्पोमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे र सिन्धुपाल्चोकसम्मका एकलाख जना भन्दा बढी उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
शनिबारसम्म चल्ने एक्स्पो अबधीभर उपभोक्ताका लागि बिभिन्न सामानहरुको खरिदमा १० प्रतिशतदेखि ५५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
एक्स्पोेमा १०० भन्दा स्टल रहेको छ जसमा ७० भन्दा बढी स्टल विद्युतीय सामाग्रीको रहको छ । अन्य विभिन्न सामाग्रीका ३० भन्दा बढी स्टलमा कपडा, खाना, मोटरसाईकल लगायतका सामाग्रीहरु रहेका छन् । पाच दिनको अपधि भर एक्स्पोमा १० करोड भन्द बढीको व्यापार हुने अनुमान गरिएको आयनेजले जानकारी दिएको छ ।