आज ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस

२०७१ फाल्गुन ७ गते, बिहीबार

काठमाडौ, ७ फागुन। आज फागुन ७ अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस। आज ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईदैछ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ। दिवसको अवसरमा सैनिकमन्च टुँडिखेलमा बिहीबार विहान बिशेष कार्यक्रम आयोजना गरिएको छ।
प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रपति डा. रामबरण यादवले सबै दलहरु सहमति सहकार्य गरी शान्ति र संविधान निर्माण कार्यलाई एक भएर अगाडी बढ्नु पर्नमा जोड दिनुएका छन्। उनले शान्ति र संविधानलाई समयमै टुङ्ग्याउनु पर्ने सन्देशमा उल्लेख गरेका छन। उनले ज्ञात अज्ञात सहिदप्रति सम्मान गर्दै श्रद्धान्जली अर्पण गरेका छन्।
यस्तै उपराष्‍ट्रपति परमानन्द झाले नेपाली जनतामा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्‍यक्‍त गरेका छन्। उनले विश्व समुदायबाट प्रशंसित नेपालको भौगोलिक, साँस्कृतिक, जातिय एवम् भाषिक विविधताको राष्ट्रिय एकता एवम् सहिष्णुता राष्ट्रिय गौरबको रुपमा रहेको छ भन्दै यसलाई अझै मजबुत पार्दै जानु सबैको कर्तब्य रहेकोमा जोड दिएका छन्।
दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले देशमा शान्ति र संविधानको पक्षमा जोड दिएका छन्। उनले दिनुभएको सन्देशमा प्रजातन्त्र दिवसले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राजनीतिक दलहरुबीच साझा सहमति कायम गर्न, सहकार्यका साथ अघि बढ्न र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसाथ गर्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]