गर्मी ह्वात्तै बढ्ने

२०७१ फाल्गुन ७ गते, बिहीबार

काठमाडौ, ७ फागुन । हिउँदयाम सकिने बेलामा पश्चिमी वायुको प्रभावले काठमाडौंलगायत देशका विभिन्न भागमा बुधबार वर्षा भएको छ। मेडिटेरियन सीबाट आएको मौसम प्रणालीको प्रभावले काठमाडौंलगायतका क्षेत्रमा वर्षा भएको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समुद्रबाट आएको हावा हिमालमा ठोक्किएर काठमाडौं प्रवेश गर्दा यहाँका बासिन्दाले चिसोको अनुभूति गरेका थिए।
मौसमविद्हरूले यो सामान्य प्रक्रियाअन्तर्गत नै वर्षा भएको स्पष्ट पारेका छन्। केही भेग र मध्यमाञ्चलका केही ठाउँमा बिहीबार छिटफुट वर्षा हुने अनुमान छ। काठमाडौंको मौसम भने मध्यमस्तरको वर्षापछि मात्रै खुल्ने मौसमविद्हरूको भनाइ छ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘धुलो र धुवाँले वायुमण्डल ढाकेका कारण अलि ठूलो पानी प:यो भनेमात्र काठमाडौंको आकाश खुल्छ।’वर्षापछि राजधानीमा अधिकतम र न्यूनतम तापक्रम बढ्ने अनुमान छ। ‘अब गर्मी ह्वात्तै बढ्छ’, अर्यालले भने।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु