चुरे सम्मेलन सुरु हुदै
काठमाडौं, ८ फाल्गुन । चुरे संरक्षण संयुक्त संघर्ष समितिले चुरेका मुद्दामा आजदेखि दुईदिने ‘चुरे जनसम्मेलन’ गर्दैछ ।संघर्ष समितिले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘लोकतन्त्र, संघीयता र मानवअधिकारको सम्मान गर : चुरे क्षेत्रको दीगो संरक्षणका लागि जनअधिकार सुनिश्चित गर’ भन्ने नाराका साथ सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।सम्मेलनमा चुरे क्षेत्रका ३६ जिल्लाका सामुदायिक वन उपभोक्ता समूहलगायतका संघर्ष समितिका जिल्ला अध्यक्षसहित पाँच दर्जन जिल्लाका प्राकृतिक स्रोतको क्षेत्रमा कार्यरत संघ–संस्थाका करिव पाँच सयजनाको सहभागिता रहने जनाइएको छ ।