शरण खोज्नेलाई हिरासतमा नराख्न अदालतको आदेश

२०७१ फाल्गुन १० गते, आईतवार

काठमाडौँ । अमेरिकाको एक सङ्घीय अदालतले यस मुलुकमा शरण खोज्न आएका आमा तथा बालबालिकालाई हिरासतमा नराख्न राष्ट्रपति बाराक ओबामाको प्रशासनलाई आदेश दिएको छ । गत गृष्ममा मध्यअमेरिकी मुलुकबाट आप्रवासी आउन थालेपछि यस्तो प्रवाह रोक्न प्रशासनले उनीहरूलाई हिरासतमा लिन थालेको थियो ।अमेरिकाको दक्षिणपश्चिमी सीमामा आउने गैरकानुनी आप्रवासी रोक्न अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनले उनीहरूलाई हिरासतमा लिने प्रक्रिया अपनाएको थियो । जिल्ला न्यायाधीश जेम्स बोसबर्गले वासिङ्टनमा उक्त प्रक्रिया हटाउनुभएको छ ।
न्यायाधीश बोसबर्गले गुआटेमाला, हन्डुरस वा एल साल्भाडोरबाट अमेरिका आइरहेका बालबालिका तथा उनीहरूका आमा उनीहरूको मुलुकबाट हिंसाबाट जोगिन भागेको भन्ने विश्वसनीय त्रास रहेकाले उनीहरूले शरण पाउनसक्ने भएकाले यो प्रारम्भीक निशेधाज्ञा दिइएको बताउनुभएको छ ।
गत गृष्मदेखि राष्ट्रपति ओबामाको प्रशासनले आप्रवासीलाई उनीहरूको अवस्थाका बारेमा छानबिन नभएसम्म स्वतन्त्र छोडिदिनुभन्दा उनीहरूलाई हिरासतमा राख्ने व्यवस्था गरेको थियो । यस मुद्दामा शक्तिशाली अमेरिकन सिभिल लिबर्टिज युनियनले वादीहरूलाई प्रतिनिधित्व गरेको थियो र उनीहरू अमेरिकामा शरण लिन गत वर्ष सीमा नाघेर आएका थिए ।
उनीहरूलाई आप्रवाससम्बन्धी अधिकारीले रोकेपछि अमेरिकामा आप्रवासीलाई स्वागत गरिन्न भन्ने सन्देश दिन हिरासतमा राखिएको थियो ।
बोसबर्गले उक्त नीतिको आलोचना गर्दै प्रशासनले शरणार्थीलाई हिरासतमा राख्ने कार्यको लक्षित प्रभाव देखिएको कुनै पनि व्यवहारिक प्रमाण प्रस्तुत नगरेको बताउनुभयो । उहाँले यसले मध्य अमेरिकाबाट आउने सम्भावित आप्रवासीलाई रोकेको बताउनुभयो ।
यसै साताको आरम्भमा एक अदालतले गैरकानुनी आप्रवासीलाई उनीहरूको मुलुक फिर्ता पठाउनबाट जोगाउने भनी राष्ट्रपति ओबामाले दिनुभएको आदेशलाई कार्यान्वयन हुन दिएको थिएन । उक्त निर्णयको विरोधमा न्याय मन्त्रालयले सोमबार पुनरावेदन दिने भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु