एमाले स्थायी कमिटि बैठक बस्दै

२०७१ फाल्गुन १२ गते, मंगलवार

काठमाडौ, १२ फागुन। एमाले स्थायी कमिटिको बैठक आज पनि बस्दै छ । केन्द्रीय सदस्य चयनको बारेमा छलफल गर्न पार्टी कार्यालय बल्खुमा मध्यान्ह १२ बजे सुरु हुने बैठकमा पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने बारेमा छलफल हुने सचिव प्रदीप ज्ञवालीले बताए ।
एमाले शीर्ष नेताहरुले आआफ्नो प्रस्ताव ल्याएपछि केन्दीय सदस्य छनौट टुङ्गिन सकेको छैन । एमालेको पूर्ण र वैकल्पिक सदस्यका लागि १ सय जना आकाङ्क्षी रहेको जनाइएको छ । महाधिवेशन भएको सात महिना बित्दा पनि एमालेमा कार्यविभाजन हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]