घुस्याहा वन अधिकृत अन्तियारको फन्दामा
काठमाडौ, १२ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालयका बागलुङका जिल्ला वन अधिकृतसहित दुई जनालाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।बागलुङ नगरपालिका–१ रामरेखा स्थित ग्रिनल्याण्ड रेष्टुरेन्टमा घुस लिएर फर्किदै गरेको अवस्थामा जिल्ला वन अधिकृत सरोजकुमार पाण्डे र इलाका वन कार्यालयका सहायक वन अधिकृत टिकाराम पन्थीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
वन अधिकृत रहेका धादिङ– ८ गजुरीका पाण्डे र तनहुँ केशवटार ३ घर भएका पन्थीले पटक–पटक फर्निचर व्यवसायीसँग घुस मागेर बार्गेनिङ गर्दै दुःख दिने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
जिल्लाको मालिकाबाट उत्तीसका काठ चिरान गरी बागलुङ सदरमुकाम ल्याउने क्रममा गाडीसहित नियन्त्रणमा लिइ उनीहरुले घुसमा बार्गेनिङ गरेकाले अख्तियारको सहयोग लिनु परेको फर्निचर व्यवसायी सघंका अध्यक्ष डम्मर सापकोटाले बताए । जम्मा ४ हजार ९९ सय रुपैयाँको काठका लागि उनीहरुले लाखौ रुपैयाकँो बार्गेनिङ गर्दै आएका थिए ।
पक्राउ परेका वन अधिकृत पाण्डे र सहायक वन अधिकृत पन्थीलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोग ऐन २०४८ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।