लमजुङमा माैरी लैजान प्रतिवन्ध
काठमाडौ, १३ फागुन । लमजुङमा अरु जिल्लाबाट मौरी ल्याउन प्रतिवन्ध लगाएको छ । बाहिरी जिल्लाबाट मौरी ल्याउँदा मौरीसँगै रोग सर्ने सम्भावना बढेकाले प्रतिबन्ध लगाएको मौरी पालक महासंघ जिल्ला शाखा लमजुङले जनाएको छ ।बाहिरी जिल्लाका मौरी आयात गर्दा रोग सरेर स्थानीय मौरी मर्ने सम्भावना बढेपछि अन्तका मौरी प्रतिबन्ध लगाएको महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष विक्रम गुरुङले बताए ।
लमजुङको गौंडा, पुरानोकोट, उत्तरकन्या, घनपोखरा, गाउँशहर, चिती, बाँझाखेत, पाचोक, बाग्लुङपानी लगायत गाविसमा व्यवसायीक मौरीपालन भैरहेको छ ।