देशभरको मौसममा बदली
काठमाडौं, १७ फागुन । आज देशभरको मौसम बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएको छ ।महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुन लागेको हो ।मध्य र पश्चिम क्षेत्रमा बदली हुँदा पुर्वी क्षेत्रमा सामान्य बदली हुनेछ । मध्य र पश्चिम क्षेत्रमा मेघ गर्जन सहित पानी पर्ने संभावना रहेको महाशाखाको अनुमान छ । साेमबारदेखि मात्र मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।
यसैगरी उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना छ । बिहिबार बिहान एक्कासी बदलिएको मौसममा शुक्रबार र शनिबार केहि सुधार देखिएपनि आइतबारदेखि फेरि बदली हुन लागेको हो ।
बितेको २४ घण्टामा भैरहवामा फाट्टफुट्ट पानी परेको छ । केहिबेरअघि काठमाडाैंको तापक्रम ११ डिग्री पुगेको छ । बिहान ६ बजेर २९ मिनेटमा उदाएको घाम बेलुकी ६ बजेर ४ मिनेटमा अस्ताउनेछ ।