जथाभावी लोला हान्नेलाई कारवाही हुने
काठमाडौं, १७ फागुन । होली पर्व मर्यादित, सरल र शान्तिपूर्ण रुपमा मनाउन सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सूचना निकालेर नै कसैको स्वीकृति विना जवरजस्ती रंग, लोला तथा विभिन्न थरीका रंग मिसिएका तरल पदार्थ नहान्न आग्रह गरेको हो ।कानुन विपरीत कसैले ईच्छा विपरित लोला हाने वा रंग दले कारबाही हुने पनि कार्यलयले जनाएको छ ।
यस्तै होली पर्वलाई व्यवस्थित गर्न नेपाल प्रहरीले पनि अभियान थालेको छ । होली पर्वमा जथाभावी लोला नहान्न र उच्छृंखल गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ । होलीका दिन शान्ति सुरक्षाका लागि टोल टोलमा प्रहरी खटाईने र ईच्छा विपरित अरुलाई दुःख दिनेलाई सार्वजनिक अपराध अन्तरगत कारबाही गरिने प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए ।