त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध
काठमाडौं, २० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरको विमान अवतरणको क्रममा दुर्घटना भएपछि विमानस्थल अवरुद्ध भएको छ । स्तानबुलबाट काठमाडौंका लागि उडेको विमान अवतरणको क्रममा धावन मार्गमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।आज बिहान सवा ७ बजे विमान अवतरणको क्रममा दुर्घटनाा भएको अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक पूर्ण चुडालले बताए । उनका अनुसार विमानमा रहेका सबै दुईसय २७ यात्रु सकुशल छन् ।उनका अनुसार अहिले बिमानस्थलबाट हुने सबै उडान र अवतरण अवरुद्ध भएको छ । विमान धावनमार्गमै रहेकाले निकाल्ने प्रयास भैरहेको र दिउँसोदेखि उडान र अवतरण नियमित हुने पनि बताइएको छ ।