मानिसको मस्तिष्कलाई टक्कर दिने मेसिन तयार

२०७१ फाल्गुन २३ गते, शनिबार

काठमाडौँ । वैज्ञानिकहरूले एउटा यस्तो उपकरण निर्माण गरेका छन् जसले कुनैपनि खेल आफै सिक्न सक्छ । यो उपकरणले अहिलेसम्म ४९ प्रकारका भिडियो गेम सिकिसकेको छ । यसमध्ये आधाजसोमा उक्त मेसिनको प्रदर्शन कुनै पेशेवर खेलाडीको भन्दा पनि राम्रो रहेको छ । गुगलको डिप माइन्ड परियोजनासँग सम्बद्ध वैज्ञानिकहरूका अनुसार कुनै कम्प्युटर प्रणालीबाट तयार गरिएको उपकरणले यस्तो जटील काम सिकेर त्यसमा पारंगत बनेको यो पहिलोपक हो । डिप माइन्डका उपाध्यक्ष डाक्टर ह्यासाभिसका अनुसार अहिलेसम्म आफै सिक्न सक्ने प्रणालीलाई सजिलो खाले समस्यामा प्रयोग गरिँदै आएको थियो । तर पहिलोपटक उनीहरूले यसको प्रयोग यस्तो जटिल कामका लागि गरेका छन् । जुन काम मानिसकै लागि समेत चुनौतिपूर्ण हुन्छ । आफँै सिक्न सक्ने इन्टेलिजेन्स भएका उपकरण निर्माण गर्न विश्वका विभिन्न प्रविधि कम्पनिहरूले ठूलो लगानी गरिरहेका छन् । गुगलले डिप माइन्डका लागि झण्डै ४० करोड डलर खर्च गरेको छ ।
यसअघि सन् १९९७ मा आइबीएमले निर्माण गरेको एक कम्प्युटरले विश्व च्याम्पियन चेस खेलाडि ग्यारी कास्पारोभलाई समेत चेस खेलमा हराएको थियो ।
यद्यपि उक्त कम्प्युटरमा पहिले नै दिशा निर्देश गर्ने प्रोग्राम इन्स्टल गरिएको थियो । डिप माइन्ड कम्प्युटर प्रोग्राममा भने कुनै भिडियो गेम खेल्नुभन्दा पहिले केवल आधारभुत सूचना मात्र प्रदान गरिन्छ । सिस्टमलाई केवल पिक्सेल सम्बनिध सूचना प्रदान गरिएको र मेसिन आफैले खेलमा आफै सिकेर उच्च स्कोर हासिल गरेको वैज्ञानिकहरू बताउँछन् । डिप माइण्ड कम्प्युटर मेसिनले सिकेका ४९ भिडियो गेमहरूमा स्पेस इनभेडर देखि लिएर पोंग, बक्सिङ, टेनिस तथा थ्री डी रेसिङ लगायतका छन् । पिनबल, बक्सिङ तथा ब्रेकआउट जस्ता खेलमा यो मेसिनले कुनै व्यवसायिक खेलाडीले भने उच्चस्तरको प्रदर्शन गरेको छ । यो उपकरणले खेलका दौरान कुन कदम चाल्ने भन्ने कुरा यो मेसिनले आफै सिक्दछ । कुनै नयाँ गेम तथा नयाँ स्क्रिन प्रदान गरेसँगै केही घण्टा गेम खेलेपछि यो सिस्टमले त्यसपछि के गर्ने र कसरी गेम खेल्ने भन्ने कुरा आफँै सिक्ने शोधकर्ता ह्यासाबीच बताउँछन् ।
वैज्ञानिकहरूका अनुसार यो सफलता स्मार्ट मेसिन निर्माणमा नयाँ उपलब्धी हो । वैज्ञानिकहरू मानव मस्तिष्क जस्तै कम्प्युटर प्रोग्राम विकशित गर्ने काममा जुटिरहेका छन् जसले तस्वीर तथा ध्वनीको विशाल भण्डारबाट ज?री सूचनाहरू छान्न सकोस् । चालक रहित कारमा यस्तो प्रविधिको बढि उपयोग हुन्छ । साथै मानिसको आवाज चिन्न सक्ने सफ्टवेयर निर्माण गर्न पनि यो उपकरणको प्रयोग गर्न सकिने बताइएको छ । विद्यमान रोबोटहरूमा आकस्मिक घटनाको सूचना ग्रहण गर्ने र प्रवाहित गर्ने क्षमता नभएको अवस्थामा यो प्रविधिले रोबोटहरूलाई बढि शक्तिशाली तथा क्षमतावान बनाउन समेत मद्दत गर्दछ ।
मानवको जस्तै चेतना भएका अर्थात् सोँच्न सम्झिन सक्ने उपकरणहरूको विकाशमा वैज्ञानिकहरू तिव्र गतिमा लागिरहेको भएपनि यसले गम्भीर परिणाम ल्याउन सक्ने कतिपयको चिन्ता छ । केही समयअघि प्रसिद्ध भौतिक वैज्ञानिक स्टेफन हकिंग्सले मानिसको जस्तै चेतना भएका उपकरणहरूको विकाशले मानवजातिलाई नै समाप्त पार्ने खतरा रहेको बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]