आज अन्तर्राष्ट्रिय नारी दिवस
काठमाडौ, २४ फागुन । ‘मानवताका लागि महिला सशक्तिकरण व्यबहारमा उतारौं’, लैंगिक मैत्री संबिधान, महिला हिंसाको निधान भन्ने मुल नाराका साथ आज १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदैछ । “मेक इट ह्यापेन” अर्थात “यसलाई गर्नै पर्छ” भन्ने विश्व नाराका साथ दिवस मनाइदैछ ।
आज मार्च ८ गते अर्थात १ सय ५ औँ अन्तराष्ट्रिय नारी दिवस । विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । मानवताका लागि महिला सशक्तिकरण व्यबहारमा उतारौं’, लैंगिक मैत्री संबिधान, महिला हिंसाको निदान भन्ने मुल नाराका साथ यो दिवस मनाइँदैछ ।
दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले विभिन्न -याली, गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रमको आयोजना गरेका छन् ।
सन १९११ को मार्चमा अन्तराष्ट्रिय महिला दिवस मनाए यता संसारभर मार्च ८ मा यो दिवस मनाउन थालिएको हो । सन १८५७ देखि नै श्रमिक महिलाहरुले आफ्नो श्रम शोषणका विरुद्धमा आवाज उठाएका थिए । यसरी उठ्दै आएको आवाज सन १८९७ मा आइपुग्दा अझ सशक्त बन्दै गएकोले न्यूयोर्कमा एउटा गार्मेण्ट फ्याक्ट्रीमा काम गर्ने श्रमिक महिला समूहले आफ्नो कार्य घण्टा १० घण्टा मात्र हुनुपर्ने माग राख्दै गएबाट अझ सशक्त बन्दै गएको पाइन्छ ।
यसरी सन १९०६ मा जर्मनको स्टुटगार्ड भन्ने ठाँउमा समाजवादी महिलाहरुले प्रथम अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनको आयोजना गरेका थिए । उक्त सम्मेलनले श्रमिक महिला संठनको स्थापना ग¥यो र यसको नेतृत्व महिला श्रमिक नेता क्लारा जेटकिनले गरेकी थिइन । उक्त सङगठनमार्फत सन १९०८ मा महिलाले भोट दिन पाउनुपर्दछ भनी विभिन्न विरोध प्रदर्शन गर्न थाले । यसरी सन १९१० मा डेनमार्कको कोपन हेगनमा दोस्रो अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले सन १९११ मा प्रथम श्रमिक महिला दिवस र पछिका वर्षहरुमा यसलाई अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक राष्ट्रका महिलले मनाउन थालेका हुन ।
नारी दिवस हरेका बर्ष बिश्वभरका महिलाहरुले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउदै आएका छन् ।
नारी मुक्ति आन्दोलनकि प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका बिरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा मनाउने गरिन्छ ।