फेसबुकमा देखाउनलाई मात्रै सरसफाइमा नलाग : मुख्य सचिव पौडेल
काठमाडौं । मुख्य सचिव लीलामणि पौडेलले फेसबुकमा फोटो राख्नका लागि मात्रै सरसफाइमा नलाग्न आग्रह गरेका छन् । उनले अहिले फेसबुकमा फोटो राख्नकै लागि सरसफाइमा लाग्ने जमात बढेको बताए । चितवनमा भरतपुर उपमहानगरपालिकाले आज विहान आयोजना गरेको सरसफाई कार्यक्रमको उद्घाटन गर्दै उनले जथाभावी फोहर फाल्नेहरुलाई प्रशासनले कैद गर्न सक्ने समेत अधिकार भएको बताए । उनले चितवनका अस्पतालले गर्ने फोहर अझै खतरनाक रहेको भन्दै यसतर्फ सबै गम्भिर हुनुपर्ने बताए ।